डोटिमा सूरु भयो क्यामेरा ट्रयाप विधिबाट बन्यजन्तुको अनुगमन

छिनोफानो   बुधबार ०९, चैत २०७८ ०७:१०

डोटी । डोटिमा क्यामेरा ट्राप विधिाबाट बन्यजन्तुको अनुगमन कार्य सूरु गरिएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा २ बुडरमा महाभारत प्रर्वत क्षृङखलामा क्यामेरा ट्रयाप विधिबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम बुधबारबाट सूरु भएको हो ।

क्यामेरा ट्र्यापबाट बन्यजन्तुको अध्ययन र अनुसन्धान डोटिमा पहिलो पटक गर्न लागिएको डिभिजन बन कार्यलय डोटिका प्रमुख रामचन्द्र कँडेलले बताएका छन् । पछिल्लो समयमा जलबायु परिवर्तनले गर्दा बन्यजन्तुको बासस्थानमा पनि असर पारेका कारण वन्यजन्तुको अवस्थाको बारेमा जानकारी लिनका लागि क्यामेरा ट्र्याप विधिको प्रयोग गरेको कँडेलले बताए । 'यो विधिाबाट वन्यजन्तुको बासस्थान र अवस्थाको यथार्थ विवरण संकलन गर्न सकिन्छ', उनले भने, 'जिल्लामै यो पहिलो अभ्यास भएतापनि प्रभावकारीताको विषयमा हामी ढुक्क छौँ ।'

क्यामेरा ट्रयाप ४० दिनसम्म गरिने छ । कार्यकममा नागरिक बैज्ञानिक १४ जना, सामुदायिक वनका पदाधिकारी, ७ जना वन कर्मचारी, प्राबिधिक टोलि ७ जना सहित २८ जनाको टोलिले ७ वटा टिम निर्माण गरी महाभारत प्रर्वत क्षृङखलामा क्यमेरा ट्र्याप गर्नेछन् ।

डिभिजन बन कार्यलय डोटिको आयोजना र तराइ भु–परिधी कार्यक्रम(ताल)कोहलपुर बाँकेको सहयोगमा आयोजना गरिएको कार्यक्रमका डिभिजन बन कार्यलय डोटिका प्रमुख रामचन्द्र कंडेल अध्यक्ष रहेका थिए भने जोरायलय गाउँपालिकाका वडा २ वडा अध्यक्ष मान बहादुर मल्ल प्रमुख अथिती रहेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु