सडकमा धुलो उड्न थालेपछि कञ्चनपुरमा स्थानिय आन्दोलित

छिनोफानो   आइतबार १३, चैत २०७८ ११:२१

कञ्चनपुर । सडकमा धुलो उड्न थालेपछि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् । जिल्लाको कलुवापुर–बेलौरी सडकखण्डमा अत्याधिक धुलोको समस्या देखिन थालेपछि स्थनीयले कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन् ।

निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको भन्दै व्यवसायीले शनिबार सडक अवरुद्ध गरेका हुन् । धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ, अटोचालक धीरज कार्कीले भने, सवारी दुर्घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । त्यस्तै शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको बताउँदै कार्कीले आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्ने जानकारी दिएका छन् ।

सडक निर्माणको जिम्मा पाएको थेगिम कन्ट्रक्शनले कामको गति नबढाएका कारण यस्तो समस्या देखिएको स्थानियले आरोप लगाएका छन् । समयमा सडक नबन्दा व्यापार सञ्चालन गर्नपनि समस्या हुन थालेको व्यापारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु