चौँथो पटकको म्याद सकिदापनि मोहना अत्तरिया ६ लेन सडकको काम अझै सकिएन

छिनोफानो   आइतबार १३, चैत २०७८ ०५:००

धनगढी । निर्माण कार्य सूरु भएको लामो समय बित्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकले स्वरुप पाउन सकेन । ठेक्का सम्झौता गरी निर्माण सूरु भएको उक्त सडक खण्डको काम चार पटक म्याद थप गर्दापनि पुरा भएको छैन ।

विकासको प्रमुख प्राथामिकतामा रहेको उक्त ६ लेन सडक निर्माणको कामलाई ३ खण्ड (भन्सार बोराडाँडी, बोराडाँडी गेटा र गेटा अत्तरिया) मा विभाजन गरी काम सूरु गरिएको थियो । पहिलो खण्डको निर्माणका लागि २०७४ साल जेठ १० गते काम सम्पन्न गर्नेगरी शर्मा अमर नागार्जुन जेबीसँग सम्झौता भएको थियो । दोस्रो खण्डको लुम्बिनि राजेन्द्र डाँफे र तेस्रो खण्डमा लामा राजेन्द्र डाँफे कन्ट्रक्सन प्रा.ली ले जिम्मा पाएको थियो ।

चार पटक म्याद थप हुँदा निर्माणको कुल ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयका ईन्जिनियर लक्ष्मण बहादुर रावलले बताएका छन् । 'ठूला योजना बाहेक सडक सज्जावटका काम भने बाँकी नै छ', रावलले भने, 'रेलिङ्ग, थर्म प्लाष्टिक पेन्ट, सर्भिस रोडमा ग्रबेलिङ्ग गर्ने, ट्राफिक साईन, किलोमिटर पोष्ट र जेब्रा क्रसिङ्गका थप काम गर्ने तयारीमा छौँ ।' त्यस्तै सुरीखोलामा मोटरेबल पुलको २९ प्रतिशत काम सम्पन्न भएको बताउँदै रावलले मनेहरा पुलको काम केही दिनमा सूरु हुने र मोहना नदि पुल निर्माणका लागि कन्ट्रयाक्ट भई ठेक्का प्रक्रिया सूरु भएको बताएका छन् ।

चार चार पटकसम्मपनि म्याद थप हुँदा ६ लेन सडकले स्वरुप पाउन नसकेकोप्रति नागरिक स्तरमा चिन्ता थपिएको छ । सडकको मोडालिटी अनुसार समयमै काम सम्पन्न नहुँदा एकातर्फ दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ विकास नीतिलाई समेत गिज्याएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु