निर्वाचनका लागि माओवादी केन्द्रको तयारी तिव्र,'कैलालीका धेरै तहमा पहिलो स्थान पाउछौँ'- चौधरी

छिनोफानो   मङ्गलबार १५, चैत २०७८ ०१:४०

कैलाली । देशभर निर्वाचनको सरगर्मी बढेका बेला कैलालीमा माओवादी केन्द्रले आफ्ना गतिविधिलाई तिव्र बनाएको छ । जिल्लाका सबै स्थानिय पालिकाहरुमा जनवर्गिय संगठन विस्तार गर्दै माओवादी केन्द्रले आउँदो निर्वाचनका लागि आफ्नो तयारी तिव्र बनाएको हो ।

पार्टीको प्रदेश स्तरिय बैठकले सर्कुलर गरेको परिपत्र अनुसार जिल्ला समितीको बैठकबाट स्थानिय निर्वाचनको प्रशिक्षणको गतिविधि अगाडी बढाएको माओवादी केन्द्रका कैलाली जिल्ला संयोजक लाजुराम चौधरीले बताए । 'पार्टीको सर्कुलर अनुसार क्षेत्रीय निर्वाचनका लागि पनि परिचालन समिती गठन गरेका छौँ', चौधरीले भने, 'पालिकाको हकमा पार्टीका वडा कमिटी अध्यक्ष, जनवर्गिय संगठनका संयोजक  लगाएतको सहभागितमा निर्वाचन परिचालन समिती पनि गठन गरेका छौँ ।' त्यस्तै सम्पुर्ण वडा र टोलमा निर्वाचन लक्षित कमिटी तयार गर्दै तयारी अगाडी बढाएको उनले बताएका छन् ।

अन्य राजनीतिक दलसँग गठबन्धनको अनौपचारीक छलफल कायमै
गठबन्धनको विषयमा बोल्दै चौधरीले निर्वाचनका लागि गठबन्धन हुने वा नहुने भन्ने निर्णय केन्द्रिय नेताले नै गर्ने बताए । 'गठबन्धनको विषयमा केन्द्रमा छलफल चलिरहेको छ', उनले भने, 'प्रदेश स्तरमापनि गठबन्धनको सामान्य चर्चा छ ।' त्यस्तै कैलाली जिल्लाको हकमा भने सत्तामा रहेका अन्य राजनीतिक दलसँग गठबन्धनको विषयमा अनौपचारिक रुपमा संवाद भएको चौधरीले बताएका छन् ।

कैलालीमा माओवादीको जित निश्चित
२०७४ सालको स्थानिय निर्वाचमा कैलालीका अधिकांश स्थानिय तहमा माओवादी केन्द्र दोस्रो स्थानमा थियो, चौधरीले भने, केही पार्टीको आन्तरिक कारण र केही प्राविधिक त्रुटीले आफ्नो बर्चश्व गुमाएको भएपनि यसपाली ति पालिकामा स्थान सुनिश्चित गछौँ । पार्टीभित्र एकताको आवश्यकता रहेको बताउँदै चौधरीले आउँदो निर्वाचनका लागि आफुहरुको तयारी भव्य रहेको समेत बताएका छन् । 'त्यस्तै चौधरीले नेकपा एमाले विभाजन भएको छ र नेपाली कांग्रेसभित्रपनि अन्तर कलह कायमै छ', उनले भने, 'एक ढिक्का भएर अगाडी बढ्नेमा माओवादी केन्द्रमात्रै भएको हुँदा हाम्रो जितको प्रवल सम्भावना देखेका छौँ ।'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु