कैलालीमा मनाईयो नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवश

छिनोफानो   बुधबार १६, चैत २०७८ ०२:१३

धनगढी । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवश कैलालीमा पनि मनाईएको छ । स्थापना दिवशको अवसरमा महासंघको सुदूरपश्चिम प्रदेश समिती र कैलाली शाखाको संयुक्त आयोजनामा खाद्यान्न वितरण तथा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना गर्दै दिवश मनाईएको हो ।

दिवशको अवसर पारेर असहाय, मानसिक रोगी तथा अभिभावक बिहिन भएका व्यक्तिहरुको साहरा बनेको मानवसेवा आश्रमलाई महासंघले खाद्यान्न सहयोग गरेको हो । खाद्यान्न हस्तान्तरण गर्दै महासंघका प्रदेश अध्यक्ष योगेश रावलले नागरिकको जिम्मेवारी बहन गर्दै आश्रममा सहयोग गरेको बताए । सोहि भुमिकालाई आत्मसाथ गर्दै महासंघले आफ्नो ६७ औँ स्थापना दिवशको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको हो, उनले भने, नेपाल पत्रकार महासंघ सदैव सत्यको पक्षमा रहनेछ । त्यस्तै दिवशको अवरमा खाद्यान्न सहयोग गर्दै आफुहरुले पत्रकारिताको धर्म निर्वाह गरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन् ।  

त्यस्तै स्थापना दिवशकै अवसरमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती, कैलाली शाखा र खेलकुद पत्रकार मञ्चको सहकार्यमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि सम्पन्न गरिएको छ । पत्रकारीता पेशामा आवद्ध जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थितिमा प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिलाई सम्बोधन गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले स्थापना दिवशको अवसरमा सबैमा शुभकामना समेत व्यक्त गरिन् । मुलुकको सर्वाङ्गिण विकासमा पत्रकार तथा सञ्चारक्षेत्रको भूमिका अविष्मरणिय रहेको जोशीको भनाई रहेको छ । पछिल्लो समय राजनीतिमा जस्तै पत्रकारिता क्षेत्रमा पनि विसंगतिले जरा गाडेको छ, उनले भनिन्, यसको शुद्धिकरण र सुशासनका सवालमा पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले पनि ध्यान केन्द्रित गर्नुपर्छ ।

प्रतियोगितमा दुई टिम सहभागि भएका थिए । समुह क र समुह ख बीच सम्पन्न भएको खेलमा समुह क ले ७ गोल गर्दै प्रथम स्थान सुनिश्चित गरेको थियो । त्यस्तै समुह ख ४ गोल गर्दै प्रतियोगिताको उपबिजेता बनेको थियो । प्रतियोगितका विजेता र उपविजेतालाई नेपाल पत्रकार महासंघले ट्रफि समित सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु