प्रधानमन्त्री बनेको ८ महिनापछि सार्वजनिक भयो देउवाको भारत भ्रमणको तालिका

छिनोफानो   बुधबार १६, चैत २०७८ ०४:४४

प्रधानमन्त्री बनेको ८ महिनापछि प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।

देउवाको तीन दिने औपचारीक भ्रमणमा देउवापत्नी आरजु राणासमेत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का र अन्य मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुनेछन् । देउवा पाँचौ पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक भारतको औपचारीक भ्रमणमा जान लागेका हुन् । उनले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँ पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीसँग औपचारिक रुपमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । भ्रमणकै दौरान उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम तय गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवालाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम रहेको छ । देउवा भारतको तीन दिने भ्रमण प्रश्चात चैत २० गते स्वदेश फर्कने छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु