बालुवाटारमा सूरु भयो चुनावी गठबन्धनका लागि छलफल

छिनोफानो   बिहिबार १७, चैत २०७८ ११:४१

चुनावी गठबन्धका विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ । आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंगलबार आवश्यकताको आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि पहिलो पटक बैठक सुरु भएको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु