विहिबार सुनको मुल्य बढ्दा चाँदी घट्यो, यस्तो छ बजारको अवस्था

छिनोफानो   बिहिबार १७, चैत २०७८ ११:४६

विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु