पर्यटन प्रवद्धनका लागि सेती नदिमा र्याफ्टिङ्ग कार्यक्रम हुँदै

छिनोफानो   बिहिबार १७, चैत २०७८ ०३:४०

बझाङ्ग । भौगोलिक विविधताले भरिपुर्ण सुदूरपश्चिममा पर्यटन प्रवद्धनका थुप्रै सम्भावनाहरु रहेका छन् । सम्भावनाकै बाबजुत ओझेलमा पर्दै आएका पर्यटकिय सम्भावनाका क्षेत्रको प्रचारप्रसारका लागि पछिल्ला समय विभिन्न पहलकदमी गरिदै आएको छ । सोहि प्रयास स्वरुप सेती नदिमा पनि र्याफ्टिङ्ग कार्यक्रम आयोजना गरिने भएको छ ।

एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रा.ली को आयोजनामा चैत्र १८ गतेदेखी बझाङमा र्याफ्टिङ्ग कार्यक्रम सञ्चालन गरिने प्रा.ली का प्रबन्ध निर्देशक किशोर खड्काले जानकारी दिए । '१८ गते सेती नदिको सुनिगाढदेखी पानकोट पुलसम्म र्याफ्टिङ्ग परिक्षण ट्रिप गर्छौँ', खड्काले भने, '१९ गतेदेखी भने १ हप्तासम्म इच्छुक यात्र्हरुले पनि र्याफ्टिङ्ग गर्न पाउनेछन् ।' र्याफ्टिङ्ग कार्यक्रममा उद्योग वाणिज्य संघ बझाङ र कर्णाली र्याफ्टिङ्ग एण्ड एड्भेन्चर प्रा.लीको समन्वय रहेको छ ।

र्याफ्टिङ्ग कार्यक्रममा जिल्लाभरका विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समुह तथा स्थानियको उपस्थिति रहने प्रवन्ध निर्देशक खड्काले बताए । त्यस्तै जिल्ला तथा प्रदेशको पर्यटन प्रवद्धनका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिन समेत आयोजकले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु