एमाले केन्द्रीय कमिटी बैठक सुरु, तीन दस्ताबेजमाथि छलफल हुने

छिनोफानो   शुक्रबार ०८, असोज २०७८ ०१:१४

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।

यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको बैठकमा त्यसबारे जानकारी गराइने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु