मोहना अत्तरिया ६ लेन सडकमा दुर्घटनाको जोखिम बढ्दो, ८ महिनामा ३१ दुर्घटना, ५ जनाको मृत्यु

छिनोफानो   शुक्रबार १८, चैत २०७८ ०२:१३

धनगढी । कैलालीको मोहना अत्तरिया ६ लेन सडक दुर्घटनाको हट स्पट बनेको छ । प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी र राजधानी गोदावरी नगरपालिका जोड्ने मोहना अत्तरिया ६ लेन सडक पछिल्लो समय दुर्घटनाको हटस्पट बन्दै गएको हो ।

सडकको भौतिक प्रगति प्रयाप्त देखिएपनि ट्राफिक व्यवस्थापनमा ध्यान नजाँदा सडक दुर्घटनाको जोखिम बढेको छ । सवारी चाप बढी रहने उक्त सडकमा नियम मिच्नेकोपनि कमि छैन । सडकमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागी क्रसिङ्ग जोन निर्माण गरिएका छन् । तर ठूला सवारी साधनले पनि अपाङ्गमैत्री जोनको नियम विपरित प्रयोग गर्छन । ६ लेन सडकको निमय उल्लंघन गर्दै सवारी साधनहरु उल्टो दिशामा चल्ने र जथाभावि पार्किङ्ग गरिएका देखिन्छन् । तर त्यसको व्यवस्थापनका लागि प्रयास भने अत्यन्तै न्युन रहेको छ ।

दैनिक जस्तो दुर्घटना भईरहने उक्त मोहना अत्तरिया ६ लेन सडकमा सवारी धनीहरुकै लापरवाहीका कारण दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरि निरिक्षक वकिल सिंहले बताएका छन् । 'नागरिकको लापरवाहीसँगै सडक संरचनाले पनि दुर्घटनाको जोखिम झनै बढाएको छ', उनले भने, 'रोड फर्निचर अर्थात ट्राफिक संकेत नराखिँदा नियम पालना गराउनै मुस्किल परेको छ ।' त्यस्तै सिंहले चालु आर्थिक वर्षमा मात्रै मोहना अत्तरिया ६ लेन सडकमा मात्रै ३१ वटा दुर्घटना भएको बताएका छन् । जसमध्ये ५ जनाको मृत्यु भएको छ ।

उक्त सडक खण्डमा अहिले रेलिङ्ग, थर्म प्लाष्टिक पेन्ट, सर्भिस रोडमा ग्रबेलिङ्ग गर्ने, ट्राफिक संकेत, किलोमिटर पोष्ट र जेब्रा क्रसिङ्ग र क्रसिङ्ग जोनको काम अधुरो रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु