चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पद्मा अस्पतालमा तोडफोड

छिनोफानो   शनिबार १९, चैत २०७८ ०९:३४

कैलाली । बिरामीको मृत्यु भएपछि अत्तरियामा रहेको पद्मा अस्पतालमा तनाव सृजना भएको छ । चिकित्सकको लापरवाहीका कारण बिरामिको मृत्यु भएको भन्दै स्थानिय आन्दोलित बनेका हुन । आन्दोलित बनेका स्थानियले अस्पतालमा तोडफोड समेत गरेका छन ।                                                     

शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको स्थानियले आरोप लगाएका छन । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ३८ वर्षिय बिनोद कुमार बोहोरा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिएका छन । डायरियाका बिरामीको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेको पोखरेलले बताएका छन ।

मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन । अवस्था नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु