'अरुसँग एकता होला तर एमालेसँग हुन्न'- नेपाल

छिनोफानो   आइतबार २०, चैत २०७८ ०१:१४

धनगढी । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेसँग एकता नहुने बताएका छन् । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि हालतमा एकता नगर्ने बताएका हुन् ।

सुदूरपश्चिममा अन्य पार्टीका नेता तथा कार्यकर्तालाई समाजवादीमा प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन धनगढी पुगेका नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताए । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई इंकित गर्दै नेपालले भने, 'दिमाग खुस्केको मान्छेजस्तो जे पायो त्यहि बोल्दै हिँडेको छ ।' 'आत्तिएर होस् गुमाउनेसँग हाम्रो पार्टीले एकता गर्दैन', उनले थपे, 'अन्य पार्टीसँग निर्वाचनमा गठबन्धनको तयारी छ ।'

एकिकृत समाजवादी पार्टीको पकड अन्य प्रदेशमा भन्दा सुदूरपश्चिममा बलियो रहेको बताउँदै नेपालले प्रदेशमा चुनावी तालमेल मिलाउने अभ्यास भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु