कञ्चनपुरमा सूरु भयो कोरोना विरुद्धको घरदैलो खोप अभियान

छिनोफानो   सोमबार २१, चैत २०७८ १२:५१

कञ्चनपुर । कञ्चनपुरमा कोरोना विरुद्धको घरदैलो खोप अभियान सूरु भएको छ । नेपाल सरकारले तय गरेको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।

हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ एलडब्लुआर, बागेश्वरी असल शासन क्लब बास र युनिसेफको सहयोगमा भीमदत्त ९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ । घरायसी कार्य व्यस्तता, जनचेतनाको अभाव र अशक्तताले गर्दा खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म जान नसकेका र बाँकी आवश्यक मात्राको खोप लगाउने समय पुगेका नागरिकहरूलाई घुम्ती शिविरमार्फत खोप लगाउने कार्य भइरहेको भीमदत्त ९ का वडाध्यक्ष राम नाथले बताए ।
 
उक्त वडामा ब्रह्मदेव सहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द धामीको नेतृत्वमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सङ्घसंस्थाहरूका कर्मचारीको टोली परिचालन गरी खोपसँगै जनचेतना समेत प्रदान गरिएको छ । दैनिक औसत ५० जना गरी ३०० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको रिकोभर परियोजनाका कार्यक्रम संयोजक विनोदसिंह कडाराले बताए । रिकोभर परियोजनाले कञ्चनपुरको भीमदत्त, कृष्णपुर र पुनर्वास नगरपालिकामा विभिन्न कार्यक्रम लागु गरेको छ ।

यसपछि भीमदत्त नगरपालिका भित्रका अन्य विकट बस्तीमा समेत खोप अभियान सञ्चालन गरिने र परियोजना लागु भएका अन्य पालिकामा पनि उक्त अभियान विस्तार गर्ने योजना रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु