धनगढीमा सूरु भयो टाइफाइड विरुद्धको खोप अभियान

छिनोफानो   मङ्गलबार २२, चैत २०७८ ०४:३२

धनगढी । धनगढीमा टाइफाइड रोग विरुद्धको खोप अभियान बुधबार बाट सूरु हुने भएको छ । गर्मीयाम सूरु भएसँगै टाइफाइड रोगको बढ्दो संक्रमणको जोखिम न्युनिकरण गर्नका लागी खोप अभियान सूरु गरिने भएको हो ।

मंगलबार आयोजित पालिका स्तरिय खोप समन्वय समितीको अभिमुखिकरण कार्यक्रमबाट खोप अभियानको थालनि गरको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोप अभियानमा पालिकाभित्र रहेका १८४ विद्यालय तथा समुदायका बालबालिकालाई समेट्ने स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहोराले बताए । 'अभियानमा १५ महिनादेखी १५ वर्ष मुनिका बालबालिकालाई एक मात्रा खोप दिईनेछ', बोहोराले भने, 'विद्यालयको तथ्यांक अनुसार विद्यालयका बालबालिकालाई खोप दिईनेछ ।'     

अभियानले धनगढी उपमहानगरपालिका भित्रका कुल ५७ हजार ७ सय ८२ बालबालिकालाई समेट्ने छ । जसअन्तर्गत एच.एम.आई.एस का अनुसार १५ महिनादेखी ४ वर्ष उमेर समूहका ६ हजार ५ सय ११ जना बालबालिका रहेका छन् । त्यस्तै विद्यालयको तथ्यगत विवरणका आधारमा ५ वर्षदेखी १५ वर्ष उमेर समूहका ५१ हजार २ सय ७१ जना बालबालिका रहेका छन् ।

पालिकाभित्रका संस्थागत वा सामुदायिक विद्यालयहरुमा खोपकेन्द्र स्थापना गरी खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको जनस्वास्थ्य निरिक्षक योगेश अवस्थीले जानकारी दिए । विद्यालयमा अध्यनरत बालबालिकाले विद्यालयको सिफारिसका आधारमा खोप पाउनेछन् भने अन्यको हकमा अभिभावकको उपस्थितिमा खोप लगाउन पाउनेछन् । खोप अभियान चैत्र २३ गतेदेखी बैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु