सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता, यस्तो बन्यो नयाँ मन्त्रीमण्डल !

छिनोफानो   शनिबार २६, चैत २०७८ ०६:४८

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छ । स्थानीय निर्वाचन नजिकिएसँगै केन्द्रिय स्तरको गठबन्धनलाई असर पर्ने आंकलन गर्दै कांग्रेसले माओवादी केन्द्रले माओवादी केन्द्रको नेतृत्वमा रहेका प्रदेशहरुमा आफ्नो सहभागिता जनाएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्री बनेका हुन् । यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको हो । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन् ।

अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ।नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाइएको छ। लामो समयदेखि कांग्रेसले पनि सरकारका सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन् । तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको हो । प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु