प्रश्नपत्र बाहिरिएको भन्दै परिक्षा स्थगित

छिनोफानो   आइतबार २७, चैत २०७८ ०६:२३

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा आधारभूत विद्यालयले लिने परीक्षाको प्रश्न पत्र बाहिरिएको भन्दै परिक्षा स्थगित गरिएको छ। चैत्र २२ गतेदखी गाउँपालिकाले कक्षा ८ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै परीक्षा केन्द्र तोकिएकै एक विद्यालयले प्रश्नपत्र लिक गरेको पाइएको हो ।चैत्र २२ गते बाट  सरु भएको परिक्षा २४ गते को विज्ञानको प्रश्न पत्र बाहिरिएको भन्दै स्थगित गरिएको हो । परिक्षार्थीले अभिावक लाई प्रश्न पत्र बाहिरिएको जानकारि गराए पछि स्थानियले  बिरोध गरेका छन् ।
परिक्षालाई मर्यादित बनाउनु पर्ने ठाउमा प्रश्न पत्र पहिले नै बाहिरिनु बालबालिकाको भविष्य माथि खेलवाड गरेको स्थानीयकोे आरोप छ ।  परिक्षा सकेर आफ्नो छोरा घर पुग्दा बैजिनाथ बिधालयमा अध्यनरत छात्रको कपि ल्याइर छेक गरि रहदा आफुले प्रश्न पत्र बाहिरिएको जानकारि पाएको स्थानिय को भनाई छ ।
प्रमाण सहित प्रश्न पत्र बोकेर  विधार्थीको भविष्यमाथी खेलवाड गर्ने लाई कार्वाही को माग रहेको उनिहरुको भनाई छ । 
बिधालयमा प्रश्न पत्र राख्ने दराजको चावि परिक्षा केन्द्रका अध्यक्षले व्यवस्थित तरिकाले नराखेकाले प्रश्नपत्र बाहिरिएको हुन सक्ने सोही विधालयका परिक्षा निरिक्षक सुन्दरलाल चौधरी ले बताए ।
प्रश्न पत्र राख्ने जिम्मा पाएका परिक्षा केन्द्र अध्यक्षले प्रश्न पत्र बाहिरिएको सुइकार गरे पनि अन्तै केन्द्र बाट बाहिरिएको हुन सक्ने बताएका छन् । उनले प्रश्न पत्र बाहिरीएकै कारण परिक्षा स्थगित गरेको बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु