प्रथम राष्ट्रिय मुख्यमन्त्री वि वाई सि महिला गोल्डकप २०७९ फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ ०३:४९

प्रथम राष्ट्रिय मुख्यमन्त्री वि वाई सि महिला गोल्डकप २०७९ फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफि सार्वजनिक समेत गरेको छ । शनिवार देखि बैशाख १० गते सम्म धनगढी रंगशालामा  साझ ७ देखि राति ९ बजे सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब काठमाडौं र चन्द्रपुर नगरपालिका रौतहड भिड्नेछन् ।नेपाल आर्मी क्लब काठमाडौं,बाग्मती युवा क्लब सर्लाही, शसस्त्र प्रहरी बल एपिएफ , बिराटनगर महानगरपालिका मोरङ,बन्देबी युवा क्लव कैलाली ,कालिका स्पोर्ट्स क्लव चितवन प्रतिस्पर्धा गर्ने छन् । मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्डकपको विजेताले ५ लाख रुपया र उपबिजेतालाई २ लाख पचास हजार , उत्कृष्ट खेलाडी लाई ५० हजार ,म्यान अफ दि म्याचलाई प्रत्यक दिन ५ हजार , अन्य बिबिध बिधामा १० हजार पुरष्कार को व्यवसथा गरिएको आयोजक ले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु