नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय

छिनोफानो   शनिबार ०३, बैशाख २०७९ ०५:०७

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप नौ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टीजेन गरी चार हजार ४३ जनाको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ३० हजार आठ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु