धनगढीमा ३२ वर्षिय युवक मृत अवस्थामा भेटिए

छिनोफानो   बिहिबार ०८, बैशाख २०७९ १०:५४

धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा बिहिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका हुन् । 

मृत अवस्थामा फेला परेका युवक ३२ वर्षका मनोज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । जोशीका अनुसार घटना स्थलमा मृतकले प्रयोग गरेको मोटर साईकल फेला परेको छ । मृतक धनगढीकै सन्तोषी टोलका रहेको बताउँदै जोशीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु