माओवादी धु्रविकरणको पहिलो किल्ला सुदूरपश्चिम: प्रचण्ड

छिनोफानो   बिहिबार ०८, बैशाख २०७९ ०४:५०

 पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले सुदूरपश्चिम माओवादी धु्रविकरणको पहिलो किल्ला बनेको बताएका छन् । बिहीबार कैलालीको गौरीगंगा नगरपालिकामा पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम प्रदेश माओवादी धु्रविकरण पहिलो किल्ला बनेको बताएका हुन् । उनले भने देश र जनताको हितमा रहेको संविधान उल्टाउन खोज्ने प्रतिक्रियावादीहरुले अनेक प्रपंच रचे पनि गठबन्धन जोगाउन आफुले राति ३ बजे सम्म छलफल गरेर सहमति जुटाएको छांै । 
स्थानीय चुनाव नजिकिए संगै माओवादी प्रवेश गर्नेको  लहर चलेको छ । माओवादी केन्द्रबाटै राजनीतिक यात्रा शुरु गरेका कृष्णकुमार चौधरी (कुन्दन) बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीबाट माओवादी केन्द्रमा फर्किएका छन् ।   
जनता समाजवादी पार्टीबाट माओवादी केन्द्रमा फर्किएका कृष्णकुमार चौधरी (कुन्दन) ले  माओवादीलाई २०६४ सालको स्थितिमा ल्याउने माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन् । कायैक्रम लाई सम्बोधन गर्दै चौधरीले टुटेफूटेको माओवादी मात्रै नभएर कम्युनिष्टहरू एक हुन जरुरी रहेको बताए । कम्युनिष्टहरू एक नभए प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउने उनको दाबी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु