धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गरे प्रतिबद्धतापत्र सार्वजनिक

छिनोफानो   शुक्रबार ०९, बैशाख २०७९ १२:४७

धनगढी । स्थानिय तहको निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी झनै बढ्न थालेको छ । विभिन्न दलबाट उम्मेदवारी दिएका प्रतिनीधिहरुले आफ्नो प्रचारप्रसारको गतिविधिलाई तिव्रता दिएका छन् । यसैबीच सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
 
शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमालले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पाँच वर्षको कार्यकालमा धनगढीलाई नमुना शहर बनाउने एजेण्डामा भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा कार्यक्रम, कृषि पर्यटन व्यापार रोजगारी प्रवद्र्धन, पर्यावरण तथा स्वच्छ, सफा धनगढी र योजनावद्ध पूर्वाधार विकासलाई प्राथामिकतामा राखिएको  । यस्तो छ प्रतिबद्धतापत्रः

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु