घोडाघोडी नगरपालिकाका मेयर चौधरीद्धारा पदबाट राजिनामा

छिनोफानो   शुक्रबार ०९, बैशाख २०७९ ०४:५६

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः मेयरमा उम्मेदवारी दिने भन्दै चौधरीलेउपप्रमुख प्रेमकुुमारी थापालाई राजीनामा बुुझाएका हुन् ।

‘निर्वाचन आचारसंहिता लागुु भएका कारण कामकाज गर्न नसकिने अवस्था भयो', चौधरीले भने, 'अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको हुँ ।' नेकपा एमाले कैलालीका उपसचिवसमेत रहेका चौधरी २०७४ सालमा भएको निर्वाचनमा घोडाघोडी नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

चौधरीले माओवादी केन्द्रका लक्ष्मण चौधरीलाई पराजीत गरेका थिए । यस्तै पुुनः दोहोरिने भन्दै नेकपा एमालेबाट निर्वाचित घोडाघोडी नगरपालिका–१ का वडाध्यक्ष मनराज शाही, ५ का वडाध्यक्ष प्रेम रोकाया, ९ का वडाध्यक्ष कृष्ण शाहले समेत पदबाट राजीनामा दिएका छन् । यस्तै नेपाली कांग्रेसबाट विजयी वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले पनि राजीनामा दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु