कांग्रेसले टुंगो लगायो धनगढीमा प्रमुखको उम्मेदवार, पुनः नृप वडलाई अघि सारिने

छिनोफानो   शनिबार १०, बैशाख २०७९ ०५:५३

कैलाली । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवारको रुपमा अघि सारेको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढी उपमहानगरपालिकाको प्रमुख काँग्रेसको भागमा परेको छ । शुक्रबार बसेको नेपाली काग्रेसको कार्यदलको बैठकले धनगढीको नगर प्रमुखमा वडको नाम टुङ्ग्याइएको काङ्ग्रेस नगर सभापति यज्ञराज उपाध्यायले जानकारी दिए ।

त्यस्तै जिल्लाका १३ स्थानीय पालिकामध्ये ७ पालिका प्रमुख नेपाली कांग्रेसले पाउने गरी छलफल भईरहेको स्रोतले बताएको छ । त्यस्तै अन्य ४ पालिकामा नेकपा माओवादी केन्द्र र दुई पालिकामा एकिकृत समाजवादीले प्रमुख पाउने भएका छन् ।

यस्तै गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने गरी छलफल भईरहेको स्रोतको दाबी छ । तर छलफलको अन्तिम निश्कर्ष भने आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु