प्रमुख नपाए घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रले गठबन्धन नमान्ने

छिनोफानो   आइतबार ११, बैशाख २०७९ १२:१७

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख नपाए गठबन्धन नहुने नेकपा माओवादी केन्द्रले जनाएको छ । आईतबार साडेपानीमा बसेको घोडाघोडी नगर कमिटीको विस्तारित बैठकले प्रमुख सहित केही वडाध्यक्ष नपाए गठबन्धन स्वीकार गर्न नसकिने निर्णय गरेको हो ।

गठबन्धनबाट नगरपालिकाको प्रमुख आफुहरुले नपाए कुनैपनि हालतमा गठबन्धन स्विकार नगर्ने माओवादी केन्द्रले जनाएको छ ।  साँझ ६ बजेसम्म् उक्त विषयमा निर्णय लिनका लागी नेतृत्वलाई दबाव दिईरहेको नगर अध्यक्ष खगेन्द्र हमालले बताएका छन् । 'उक्त समयभित्र नेतृत्वले टुंगो नलगाए १२ वटै वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखमा हामी एक्लै उम्मेदवारी दर्ता गर्छौँ', हमालले भने, 'गठबन्धन नै चाहिने हो भने नगरपालिकाको प्रमुख र केही वडा अध्यक्ष हामीले पाउनुपर्छ ।'

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख दुबैमा माओवादी दोस्रो भएको हुँदा यस पटक प्रमुख पद माओवादीलाई चाहिने नेकपा माओवादी केन्द्र नगर कमिटीले जनाएको छ । २०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार ममताप्रसाद चौधरीले ८ हजार १ सय ६४ मत लाएर विजय भएका भने नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण चौधरी सुयोगले ७ हजार २ सय ३७ मत ल्याएर पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु