सुदूरपश्चिमका ७ जिल्लामा एमालेले उम्मेदवार टुंगो लगायो

छिनोफानो   आइतबार ११, बैशाख २०७९ १२:२६

कैलाली । सुदूरपश्चिमका सात जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । बझाङ, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा, अछाम र बैतडीमा उम्मेदवारको टुंगो लागेको एमाले प्रदेश कमिटीले जानएको छ ।

बाँकी कैलाली र कञ्चनपुरमा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।आइतबार सबै पालिकाका उम्मेदवार छनोट गरेर  सोमबार मनोनयन दर्ता गर्ने नेकपा एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ। कैलालीको  धनगढी उपमहानगरपालिकामा मेयरका लागि रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारूलाई उम्मेदवार बनाउने निश्चित भएको छ।

अब जिल्लाका १२ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । एमालेले उता कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु