कञ्चनपुरमा चुनावका लागी नयाँ समिकरण बन्दै, कांग्रेससँग अलग्गिएर माओवादी र समाजवादी चुनावमा होमिने

छिनोफानो   आइतबार ११, बैशाख २०७९ ०२:३८

कञ्चनपुर । कञ्चनपुरमा सत्ता गठबन्धनबीच भागबन्डामा कुरा नमिलेपछि आसन्न स्थानीय तह निर्वाचनमा नयाँ समीकरण बन्ने भएको छ । सत्ता गठबन्धनका नाममा कांग्रेसले आफूहरुलाई पेल्न खोजेका भन्दै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनावमा सहभागी हुन लागेका हुन् ।

दुई पार्टीका नेताहरूबीच कांग्रेससँग अलग्गिएर चुनावमा जाने सहमति अन्तिम चरणमा पुगेको बताइएको छ । कञ्चनपुरका नौ स्थानीय तहमध्ये माओवादीले तीन र एकीकृत समाजवादीले तीन तहमा दाबी गरेपछि कांग्रेस सहमति गर्न तयार नभएको हो । यद्यपि दुई पार्टीका नेताहरुबीचमा छलफल चलिरहेको छ ।

कञ्चनपुर कांग्रेस नेता एनपी साउद र रमेश लेखकको गृहजिल्ला हो । उनीहरू दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रका पालिका माओवादीलाई दिन नमानेपछि सहमति नभएको बताइएको छ । माओवादी केन्द्रले भीमदत्तनगर र अरू पालिकामा कांग्रेसबाहेकको चुनावी तयारी गर्न निर्देशन दिएको भीमदत्तनगरका सचिव दशरथ भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु