आफ्नै लागी छुट्याएको बजेटपनि नदिएको भन्दै वादी समुदाय आन्दोलित

छिनोफानो   आइतबार ११, बैशाख २०७९ ०६:३९

कैलाली । सरकाले वादी समुदायका लागी छुट्याएको बजेटलाई कार्यन्वयन नगरेको भन्दै वादी समुदाय आन्दोलित बनेका छन् । बस्ती व्यवस्थापन तथा समुदायको स्तरोन्नतीका लागी सरकारले विनियोजन गरेको ३ करोड रकम कार्यान्वयन नगरको भन्दै आइतबार वादी समुदायका नागरिक आन्दोलित बनेका हुन् ।

सरकारले आर्थिक बर्ष २०७८/७९ सालमा आर्थीक मामिला मन्त्रालय अन्तर्गत स्वरोजगार बिकास कोषमा वादी समुदायको उत्थानका लागी भन्दै ३ करोड बिनियोजन गरेको थियो । तर विपन्न समुदायको विरोधी हर्कत देखाउने सरकारले सो रकम पनि कार्यान्वयन नगरेको उनिहरुले आरोप लगाएका छन् । बर्षौदेखि राज्यबाटै अपहेलित बनेको वादी समुदायलाई सरकारले हेर्ने दृष्टिकोण नै फरक रहेको तर्क उनिहरु गर्छन ।

सरकारले आफुहरुलाई पटक पटक व्यवस्थापनको आशवासन दिएपनि आश्वासन अनुरुपको व्यवहार नगरेको लक्ष्मी वादीले आरोप लगाईन । 'सरकारले हाम्रा समस्या र आवश्यकताको कहिल्यै सम्बोधन गरेन', उनले भनिन्, 'अरु त के कुरा गर्नु विनियोजन गरेको रकमको कार्यान्वयन समेत गरेन ।' त्यस्तै आफ्नै देशमा बसेर पनि अनागरिक बन्नुपरेको बताउँदै उनले संघर्ष नै अन्तिम विकल्प रहेको जिकिर गरेकी छिन् ।

यता वादी समुदायका लागी भनेर विनियोजन गरेको ३ करोड बराबरको बजेट निकासाको विषयमै छलफल चलिरहेको स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुणामणी तिमिल्सीनाले बताए । उक्त रकमबाट विपन्न समुदायलाई दिगो रोजगारीसँग जोड्ने, समुदायका बालबालिकालाई प्राविधिक शिक्षासँग जोड्ने गरी योजना बनेका हुँदा रकम निकासामा ढिलाई भएको तिमिल्सीनाको भनाई रहेको छ ।

आन्दोलनरत वादी समुदायले भने आफुहरुको उत्थान तथा व्यवस्थापनका लागी विनियोजन गरिएको रकमको समयमै कार्यान्वयन गरी राज्यबाट संरक्षण गरिनुपर्ने माग राखेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु