अन्ततः भयो गठबन्धनबिच सहमती, जनमोर्चा र जसपासङ्ग मित्रवत तालमेल गर्ने

छिनोफानो   सोमबार १२, बैशाख २०७९ ०८:५७

कैलाली । कैलालीमा सत्ता गठबन्धनको भागबन्डामा सहमती भएको छ । आसन्न स्थानिय तहको निर्वाचनमा गठबन्धनमा आबद्द राजनितिक दलहरुबीच सिट बांडफांडमा सहमती हुन नसक्दा कैलालीमा गठबन्धन अफ्ट्यारोमा थियो । तर आइतबार राती गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँडमा सहमति भएको छ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको सहमती अनुसार ७ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। जसमध्ये ४ पालिका प्रमुख र ६ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ। 

गठबन्धबीच भएको सहमतिअनुसार कैलालीका १२६ वडामध्ये काँग्रेसले सबैभन्दा बढी ६४ वडा पाएको छ। यस्तै एकीकृत समाजवादीको भागमा २२ र माओवादी केन्द्रको भागमा ४२ वडा परेका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु