एमालेबाट चुरे गाउँपालिकाको अध्यक्षमा बोगटीले र उपाध्यक्षमा साउदले गरे मनोनयन दर्ता

छिनोफानो   सोमबार १२, बैशाख २०७९ ०५:४८

कैलाली । आसन्न  स्थानीय तहको निर्वाचनमा चुरे गाउँपालिकाको अध्यक्षका लागी चक्र बोगटीले मनोनयन दर्ता गरेका छन । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बोगटीले सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन भने उपाध्यक्षमा दिपा साउदले  उम्मेदवारी दर्ता गराएकी हुन । 

उम्मेदवारी दर्ता गरेसंगै बोगटीले चुरेको विकासका लागि आउँदो ५ वर्ष कटिबद्ध रहने बताएका छन । 'बैशाख ३० गतेको चुनाब मेरो पक्षमा भए चुरेको कार्यकालमा चुरेको मुहार फेर्छु', उनले भने, 'त्यसका लागी मलाई आम जनताको साथ चाहिन्छ ।'

त्यस्तै उपाध्यक्षमा मनोनयन दर्ता गरेसंगै साउदले समृद्ध गाउँपालिका बनाउन कार्यकालभरी कटिबद्ध रहने बताएकी छिन । विगतका वर्षलाई समिक्षा गर्दै आगामी दिनमा आफुले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु