गठबन्धनमा भाग नमिलेपछि गोदवारी नगरपालिकाको मेयरमा स्वतन्त्रबाट विकले गरे मनोनयन दर्ता

छिनोफानो   सोमबार १२, बैशाख २०७९ ०६:५७

कैलाली । गोदावरी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार टेक विकले मनोनयन दर्ता गरेका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालय पुगेर विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका बिक एकिकृत समाजवादीको गोदावरी नगर अध्यक्षको जिम्मेवारीमा छन् । नगरपालिकामा गठबन्धको भागबण्डा नमिलेपछि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिएको विकले बताएका छन् । 'मेरो उम्मेदवारी फिर्ता हुँदैन', उनले भने, 'उम्मेदवारीको सवालमा पार्टीको जुनसुकै निर्णय पनि नमानि म स्वतन्त्र चुनावमा भाग लिन्छु ।' 

त्यस्तै नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका विरेन्द्र भट्टले मनोनयन दर्ता गरेका छन् भने उपप्रमुखमा एकिकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएकी छिन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु