नेकपा एमाले बाट गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी भिम बिकले दिए उम्मेदवारी

छिनोफानो   मङ्गलबार १३, बैशाख २०७९ ०२:२६

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी भिम बिकले मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले बाट अध्यक्ष पदका उम्मेदवार बिकले सोमबार  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । बिक २०७४ सालको स्थानीय निर्वाचनमा एमाले बाट वडा सदस्यमा बिजयी भएका थिए । 
बिक संगै वडा नम्बर ११ मै महिला खुल्ला सदस्य देउसरा देबि साँउद,खुल्ला सदस्य देवी बहादुर बडैला , हरिश सुनार र दलित महिला तर्फ जुन देवि दमाई ले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु