कैलालीमा कांग्रेसका उम्मेदवारबीच आधिकारिकताको विवाद

छिनोफानो   बुधबार १४, बैशाख २०७९ ०८:५६

कैलाली । कैलालीमा नेपाली कांग्रेसका उम्मेदवारबीच आधिकारिकताको विषयमा विवाद सृजना भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गरेको निर्णयमाथि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर एउटै पालिकामा दुई उम्मेदवार सिफारिस गरेपछि काँग्रेसभित्र विवाद सृजना भएको हो । 

कैलालीको लम्की–चुुहा नगरपालिकाको नगरप्रमुख र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा दुई जनालाई टिकट दिएपछि विवाद भएको छ । यी दुवै पालिकामा आधिकारिक उम्मेदवारको विषयमा टुंगो लागेको छैन् । प्रदेश सभापति बलायरले लम्कीको मेयरमा भक्तबहादुर थापालाई टिकट दिएर उम्मेदवार बनाएका थिए भने सभापति देउवाले सुशीला शाहीलाई दिएपछि विवाद भएको हो ।

त्यहाँ सो नगरपालिकाको नगरप्रमुखमा दुवै जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोडाघोडी नगरपालिकाको उपमेयरमा बलायरले रिता चौधरी र देउवाले गुलिया चौधरीलाई टिकट दिएपछि आधिकारिक उम्मेदवारको विषयमा समस्या देखिएको छ । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले लम्की–चुुहामा सुशीला र घोडाघोडीमा गुलिया नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु