एक रुपैँया भ्रष्टाचार गर्दिन भन्दै स्वतन्त्र उम्मेदवार हमालले खाए बेडाहबाबामा कसम

छिनोफानो   बिहिबार १५, बैशाख २०७९ ०२:५४

धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै बेहेडाबाबा मन्दिरमा कसम खाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले अहिले कसैले कसै माथी भरोसा गर्ने अवस्था नरहेको भन्दै बेहेडाबाबा धाममा कसम खाएका हुन् । 
बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै पुजाआजा सहित कसम खाएका हुन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु