अन्तिम पटक जय नेपाल भन्दै ५८ जनाले गरे कांग्रेस परित्याग

छिनोफानो   बिहिबार १५, बैशाख २०७९ ०७:३०

धनगढी । नेपाली कांग्रेसका ५८ जना क्रियाशिल सदस्यले एकैपटक पार्टी परित्याग गरेसँगै धनगढीको राजनीतिमा हलचल मच्चिएको छ । बिहिबार धनगढीमा एक कार्यक्रमकाबीच पार्टीबाट रुष्ठ कांग्रेसका क्रियाशिल सदस्यले पार्टी छाडेपछि कांग्रेस धनगढीमा पहिरो गएको आंकलन गरिएको छ ।

आसन्न स्थानीय तहको चुनावका लागी धनगढी उपमहानगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट ११ जना अध्यक्ष र २२ जना सदस्य पदका लागी उम्मेदवारी दावी गरिएको भएपनि आवश्यक छलफल बिना पार्टीको विधान विपरित निर्णय गरेको उनिहरुको आरोप छ । स्थानीय तह निर्वाचन २०७४ मा पार्टीको आधिकारीक उम्मेदवारका विरुद्ध बागी भई कारबाहीमा परेको तर हालसम्म कारबाही फुकुवा नभएका व्यक्तिलाई काखी च्याप्ने काम भएकोले पार्टी परित्याग गरेको प्रेस विज्ञप्तीमार्फत जनाईएको छ ।

टिकट वितरण गर्ने सवालमा पनि धांधली गरेको प्रमाण फेला परेको बताउँदै उनिहरुले अमर्यादित पार्टीको सदस्य भएर बस्न नसकिने बताएका छन् । 'एकलौटी ढंगले गरेको निर्णयले तथा पार्टीले गर्ने विभेदपूर्ण व्यवहारबाट पिडित हामी पार्टीका इमान्दार, क्रियाशिल एवं सक्रिय कार्यकर्ताहरुले यस्तो पार्टीमा बसिरहनु उचित ठानेनौ र आजका मितीदेखि नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी सामुहिक रानीनामा दिने निर्णय गरेका छौँ', विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु