७० वर्षकि घुमनीले गरिन नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन, आजबाट वडा नं ८ मा घरदैलो अभियान सुरु

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ ०९:२४

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं ८ मा नेकपा (एमाले)को घरदैलो कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरिएको छ । शनिबार वडा नं ८ मा एमालेको दोस्रो सम्पर्क कार्यालयको उद्घाटन गरेसङ्गै अभियान सुरु गरिएको हो  । पार्टीको दोस्रो सम्पर्क कार्यालयको उद्घाटन  विगत ५० वर्षदेखी नेकपा (एमाले) मा संगठित भई योगदा गरेकी ७० वर्षिया घुमनीदेबि चौधरीले गरेको घरदैलो अभियानका संयोजक कमलसिंह रानाले जानकारी दिए । 'आजबाट हाम्रो घरदैलो अभियान औपचारिक रुपमा सुरु भएको छ', उनले भने, 'प्रचारप्रसारमा चाहिने झण्डा तथा चुनाब सामाग्री हस्तान्तरण गरेर अभियानको थालनी गरेका छौँ ।' 

आसन्न स्थानिय तहको निर्वाचनका लागि वडा नं ८ बाट नेकपा (एमालेका) तर्फबाट अध्यक्षमा जुगराम चौधरी, महिला सदस्यमा पार्बती गिरि, दलित महिला सदस्यमा अमृता कामी, खुल्ला सदस्यमा सुरेन्द्र राना र विष्णु जोशीले उम्मेदवारी दिएका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु