'साँझ ५ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिनुस् नत्र कारबाही हुन्छ'- कांग्रेस

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ १०:४१

नेपाली कांग्रेसले विद्रोही बागी उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० बजेदेखि बेलुकी ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिन अनुरोध गरेका छन् । फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु