'समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध छौँ'- चन्द

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ ०४:१७

धनगढी । नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्दले समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध रहेको बताएका छन् । शुक्रबार धनगढी १४ मा आयोजित वडा भेलालाई सम्बोधन गर्दै चन्दले आउँदो ५ वर्षमा धनगढीलाई समृद्ध नगरी बनाउने दाबी गरेका हुन् ।

'नेकपा एमालेको उद्धेश्य र भिजन अरुको भन्दा फरक छ', चन्दले भने, 'हामी जे बोल्छौँ त्यो पुरा गरेर छोड्छौँ ।' आसन्न स्थानीय तहको चुनावमा आफ्नो जित सुनिश्चित भएको बताउँदै चन्दले नगरबासीको साथ पाए धनगढीको विकासमा कायापलट हुने दाबी गरेका छन् । त्यस्तै उनले आउँदो निर्वाचनमा धनगढीका सम्पुर्ण वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जिताउन समेत आग्रह गरे ।

त्यस्तै वडा भेलालाई सम्बोधन गर्दै उपप्रमुख पदका उम्मेदवार कन्द्रकला रानाले पनि धनगढीको मुहार फेर्न एमालेकै खाँचो रहेको बताएकी छिन् । 'मेरो उम्मेदवारीको मुख्य उद्धेश्य पछाडी परेको धनगढीको विकासलाई माथी उकास्नु हो', उनले भनिन्, 'जितको विगुल फुकेकै दिन कामको रफ्तारलाई मुल्याकंन गर्न पाउनु हुनेछ ।'

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु