कैलालीमा एमालेलाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरमको उम्मेदवारी फिर्ता

छिनोफानो   शुक्रबार १६, बैशाख २०७९ ०७:०२

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार मोहनमती चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । नेकपा एमालेलाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरम नमस्तेबाट उपमेयरको उम्मेदवारी दिएकी चौधरीले शुक्रवार उम्मेदवारी फिर्ता लिएकी हुन् ।

'पार्टीको बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै मैले एमालेलाई समर्थन गरेकी हुँ', उनले भनिन्, 'उम्मेदवारी फिर्ता लिएसँगै आउँदो निर्वाचनमा एमालेलाई सहयोग गर्छु ।' नेकपा एमाले कैलालीका सचिव डेजि पाण्डेकै नेतृत्वमा उनको उम्मेदवारी फिर्ता भएको हो ।  

त्यस्तै लम्किचुहा नगरपालिकाकै मेयर पदका उम्मेदवार नेत्र भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यता लम्किचुहा नगरपालिका वडा नं ६ का अध्यक्ष पदका उम्मेदवार सङ्करमान बोहरा, वडा नं १ बाट सदस्य पदका उम्मेदवार पञ्च सिंह, चन्द्र आचार्य, घोडाघोडी नगरपालिकाका वडा नं १ का अध्यक्ष पदका उम्मेदवार मनराज शाहीले पनि नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु