कैलालीमा माछा मार्न गएका एकजनाको मृत्यु

छिनोफानो   शनिबार १७, बैशाख २०७९ १०:३०

कैलाली । कैलालीमा माछा मार्दै गर्दा बेहोस भएका पुरुषको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका–१ शिवनगर शिविर बस्ने ५९ वर्षीय सोमप्रसाद थारुको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कर्णाली नदीमा माछा मार्न गएका उनी नदी किनारमै बेहोस भएका थिए । थारुलाई टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रिफर गरिएको थियो । कोहलपुर मेडीकल कलेजमा हिजो नै उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु