भोजपुरबाट कैलाली आएकी २२ वर्षिया युवती मृत फेला

छिनोफानो   शनिबार १७, बैशाख २०७९ ०४:४५

कैलाली । कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित धमला होटेलमा शनिबार एक युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भोजपुर घर भएकी अन्दाजी २२ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । गयराती बेलुकी ८ बजे होटेलमा ईन्ट्री गरेकी उनको बिहान अबेरसम्म ढोका नखुलेपछि कोठामा जाँदा झुण्डिएको अवस्थामा होटलका कर्मचारीले देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीले बताए । भोजपुर घर भएकी मृतक राईको परिवारमा खबर गरी पोस्र्टमाटमका लागी शव सोती प्रादेशिक अस्पतालमा पठाएको जोशीेले जानकारी दिएका छन् ।

मृतक राई धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेकी थिईन । घटनाको कारण भने खुल्न नआएको बताउँदै जोशीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु