'चुरे गाउँपालिकामा एमाले जित्ने पक्का छ'-बोगटी

छिनोफानो   आइतबार १८, बैशाख २०७९ ११:००

कैलाली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको पालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर बोगटीले बताएका छन् ।

चुनावी प्रचारप्रसारमा रहेका बोगटीले एमालेप्रति आम जनताले देखाएको सद्भाव र उर्जाबाटै जित सुनिश्चित भएको अड्कल गर्न सकिने दाबी गरेका छन् । 'जितको विगुल फुक्न मतदानको समय कुर्नैपर्छ', उनले भने, 'होईन भने जित हासिल गर्नेमा ढुक्क छौँ ।' त्यस्तै बोगटीले गाउँपालिकाभरका अधिकांश वडाहरुमा पनि नेकपा (एमाले)को लहरले छुट्टै तरंग ल्याएको बताएका छन् ।

शनिबार चुरे गाउँपालिका वडा नं २ बाट आमसभा सूरु गरेको बोगटीले जानकारी दिए । आजको कार्यतालिका अनुसार ४ नम्बर वडामा आमसभा रहेको बताउँदै २४ गते खानिडाँडामा वडास्तरिय आमसभाको समापन गरिने बोगटीले बताएका छन् । त्यस्तै २७ गते गाउँपालिका स्तरिय आमसभा सहजपुरमा गरिनेछ ।

चुरे गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्षमा दिपा सावदले उम्मेदवारी दिएकी छिन् । गाउँपालिको चुनावी प्रचारप्रसार अभियानमा नकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद्का सदस्य डिल्लिराज भट्ट र एमाले प्रदेश कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगर लगाएतको उपस्थिति रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु