बागी उम्मेदवारी दिनेमाथि कारबाही गर्न तीन दलिय गठबन्धनको निर्णय

छिनोफानो   सोमबार १९, बैशाख २०७९ ०६:११

कैलाली । कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि तीन दलले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दलीय गठबन्धनले पार्टीका सदस्य तथा नेता, कार्यकर्ता रहेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुमाथि कार्बाही गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

गठबन्धनको निति विपरित उम्मेदवारी दिने सबैको उम्मेदवारी आधिकारिक नभएको भन्दै कारबाही गर्ने निर्णय नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त गठबन्धनले गरेको हो यस्तै गठबन्धनले तालमेलको मर्म अनुसार चुनावमा सहभागी हुन जिल्लाभर आआफ्नो पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन समेत दिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु