'स्थानीय तहको चुनावमा गठबन्धनले ७० प्रतिशत स्थानमा जित्छ', -राणा

छिनोफानो   बुधबार २१, बैशाख २०७९ ०३:२०

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणा देउवाले स्थानीय तहको चुनावमा गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने बताएकी छिन 

मंगलबार कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले अहिलेको आँकडाले समग्र देशमा ७० प्रतिशत जित हुने देखिएको बताईन् । उनले जित्ने ७० प्रतिशतमा गोदावरी नगरपालिका पनि रहेको बताइन् ।

‘जित्ने ७० प्रतिशतमा हामी पनि छौ भनेर यस क्षेत्रमा गठबन्धनलाई जिताउन लाग्नुहोस् । साथीहरुलाई रुखमा भोट हाल्नुहोस्, कमलमा भोट हाल्नुस भन्नुहोस्’ उनले भनीन् ‘देशमा सबैलाई मिलाएर लग्नेलाई भोट हाल्नुहोस् ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु