'मिदी हो' भन्दै भाइरल भएका युवक पक्राउ

छिनोफानो   बुधबार २१, बैशाख २०७९ ०५:२४

म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।

भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे पनि कसैले केही गर्न नसक्ने बताएका थिए । उनले बनाएको रमाइलो भिडियो सयौंले शेयर गरेका थिए । भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु