२०७८ असोज १० गते आइतबार : राशिफल

छिनोफानो   आइतबार १०, असोज २०७८ ०६:१७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । शृङ्गार तथा सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुग्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । पितृ कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम जीवन सुखद् रहने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । रमाइलो यात्राको योग समेत रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । पितृ कर्ममा सरिक पनि भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । शुभ कार्यको योजना पनि बन्ने योग छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु