बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरी कार्यालयमा तोडफोड हुँदा गोली चल्यो

छिनोफानो   शुक्रबार २३, बैशाख २०७९ ०२:४४

बाजुरा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू बिच झडप भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो ।


एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीकाका कार्यकर्ता बिच झडप भएको हो । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनीहरू भागेर प्रहरी कार्यालयमा गएका थिए । पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन ।  

प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायर गरेको जनाएको छ । प्रहरी तर्फ तीन  जना र नेपाली कांग्रेसका तीन जना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु