चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार चन्द र रानाले भने, -'धनगढीको समृद्धिका लागि दिएको मत खेर जान दिदैनौँ'

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ११:२३

धनगढी । नेकपा एमालेका उम्मेदवारले धनगढी उपमहानगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन् । शनिबार उपमहानगरपालिका–१२ को मनहेरा शिविरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका मेयरका उम्मेदवार रणबहादुर चन्द र उपमेयरका उम्मेदवार कन्दकला रानाले धनगढीको समृद्धिका लागि आफूहरूलाई मत दिएर विजयी गराउन अनुरोध गरेका छन् ।

तत्कालीन समयमा नेकपा एमालेकै सरकारका पालामा मनहेरा शिविर व्यवस्थित भएपनि धनगढीमा कांग्रेस नेतृत्वको सरकार आएपछि फर्केर समेत नहेरेको बताउँदै उपमेयरकी उम्मेदवार रानाले पुनः वडाबासीले मत दिएर निर्वाचित गराउने विश्वास व्यक्त गरिन् । उनले सुकुम्बासी, आदिवासी जनजाति, महिला तथा बालबालिकाका समस्या र आवश्यकता बुझेकाले सोहीअनुसार योजनाबद्व रूपले काम गर्ने उनले बताईन् ।

मेयर पदका उम्मेदवार चन्दले सुन्दर र समृद्ध धनगढी बनाउन आफ्नो उम्मेदवारी भएको बताउदै नगरबासीले अमूल्य मत दिएर विजयी गराउनेमा आशावादी रहेको बताए । उनले धनगढीका १९ वटै वडाका समस्या र सम्भावनाबारे आफू जानकार रहेकाले सबै ठाउँमा आवश्यकताका आधारमा काम गर्न प्रतिबद्व रहेको उल्लेख गरे ।

चन्दले जनताको पार्टी एमाले मात्र भएकाले एमाले नै धनगढीको विकासको खाका कोर्न सक्ने बताए । नगरबासीले विश्वास गरेर दिएको मत खेर जान नदिने उनको भनाइ थियोे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु