गठबन्धन राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री देउवा

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०३:४१

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गर्नुभयो । गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ, देउवाले भने । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताएका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु