निर्वाचनमा कर्मचारीलाई पायकपर्ने ठाउँमा खटाउन माग

छिनोफानो   शनिबार २४, बैशाख २०७९ ०४:१०

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि वैशाख २१ र २२ गतेको संशोधित सूचनामा उल्लेख भएअनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत ज्येष्ठताको अवमूल्याङ्न, सङ्घीय तथा प्रादेशिक कार्यालयलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीको नामावली हेरफेर र पालिकाका कर्मचारीलाई टाढाटाढाका मतदान केन्द्रमा खटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरका अध्यक्ष मानबहादुर चन्दले बताए ।

'निर्वाचन स्वच्छ, पारदर्शी, र निष्पक्ष तरिकाले सफल पार्नु हामी सबैेको साझा दायित्व छ', उनले भने, 'ज्येष्ठता र समन्यायको सिद्धान्तलाई आत्मसात गर्दै सबै तहका कार्यालयमा कार्यरत कर्मचारीलाई पायक पर्ने ठाउँमा खटनपटन गर्नका लागि आग्रह गर्दछौँ ।' यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यनाकर्षण पत्र बुझाइएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु